13th April 2024, Saturday

स्ववियु भोजपुरद्वारा विद्यार्थीका लागि हेल्प डेस्क

7 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । स्वतन्त्र विद्यार्थी युनियन भोजपुर बहुमुखी क्याम्पस भोजपुरले स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीका लागि भन्दै हेल्प डेस्क सञ्चालन गरेको छ । 

परिक्षा आवेदन फारम भर्न धेरै विद्यार्थीहरुका लागि असजिलो हुने भएकाले उनीहरुका लागि सहज बनाउन स्ववियुले हेल्प डेस्कनै बनाएको स्ववियु सचिव सोविन तामाङले बताए ।

डेस्कमा स्ववियु प्रतिनिधिले परिक्षा फारम भर्न सहयोग गर्नेछन् । साथै विद्यार्थीहरुको समयको समेत बचत हुने हेतुले डेस्क सुरु गरिएको स्ववियु उपसभापति मौषमचन्द्र राईले बताए । हेस्क केहिदिनसम्म चल्ने छ । 



No active ad available.