22nd April 2025, Tuesday

लम्पी स्किन’ विरुद्ध सरकारले पशुमा आमखोप अभियान सञ्चालन गर्ने

1 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौं । ‘लम्पी स्किन’ विरुद्ध सरकारले पशुमा आमखोप अभियान सञ्चालन गर्ने भएकाे छ । सरकार आगामि माघभित्र एकै पटक ठुलो सङ्ख्यामा पशुलाई खोप अभियान र दोस्रो चरणमा आफ्नै प्रयोगशालाबाट ‘लम्पी स्किन’ विरुद्धको खोप बनाउने तयारीमा लागेको हो ।

यस वर्ष खोप खरिद गरेर र अर्को वर्ष आफैँले उत्पादन गरेर खोप लगाउने तयारी सरकारको छ ।  कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालकाे अनुसार माघभित्र कम्तीमा ५० लाख पशुलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइने छ । त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने र आगामी वर्ष आफ्नै प्रयोगशालाबाट ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गरिने छ । 

भारत भ्रमणका क्रममा भारतीय उच्च अधिकारीसँग त्यस विषयमा छलफल भएको भन्दै मन्त्री भुसालले त्यहाँबाट सम्भव नभए नेपाल सरकारले ‘सिड भाइरस’ खरिद गर्ने उल्लेख वताए । ‘सिड भाइरस’ ल्याउने वारे भारत चीनसँगै सुरुमा उत्पादन गर्ने वैज्ञानिकसँग छलफल भइरहेको उनले उल्लेख गरे ।

प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारले ‘लम्पी स्किन’ रोग नियन्त्रणमा भएको उपलब्धिबारे सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले किसानलाई राहत दिने कार्यक्रमको तयारी गरिरहेको बताएकाछन् । 


No active ad available.


No active ad available.