23rd October 2026, Friday

काठमाडौं–खोटाङ जाँदै गरेको सुमो सुनकोसीमा खस्यो, तिन जनाको मृत्यु, तिन बेपत्ता

4 दिन अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

खोटाङ, १ कात्तिक । काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो गाडी सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सडकबाट सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।


प्राप्त विवरणअनुसार, रातिको समयमा यात्रा गरिरहेको सुमो सडकबाट अनियन्त्रित भई नदीमा खसेको हो। सुमोमा चालकसहित १० जना सवार रहेको बताइएको छ।


दुर्घटनामा उद्धार गरिएका घाइतेमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई, दिक्तेल घर बताउने १३ वर्षीय अंकित विश्वकर्मा र ओखलढुंगाका सुमो चालक आशिष बिष्ट रहेका छन्।


मृत्यु भएका तथा बेपत्ता यात्रुहरूको पहिचान खुल्न बाँकी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।




No active ad available.