News by: Khulla Awaj
No active ad available.
भोजपुरमा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका–०९ स्थित धिरिङ खोलाको बगरबाट २४४ दशमलव ७७० किलोग्राम (६ बोरा) गाँजासहित १९ वर्षीय युवक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा आमचोक गाउँपालिका–०७ बस्ने १९ वर्षीय एकराज मगर रहेका छन्। उनलाई मिति २०८३ साल असोज २० गते बिहान ०३:३० बजेको समयमा प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले निजको साथबाट २४४.७७० किलो गाँजाका साथै को.प्र. ०१–०२–०४६ प ८६५१ नम्बरको मोटरसाइकल र १ थान मोबाइल समेत नियन्त्रणमा लिएको छ।
बरामद भएको लागूऔषध गाँजाको सम्बन्धमा भोजपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक राकेश राईले जानकारी दिनुभयो।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’