13th April 2024, Saturday

भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते

6 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

 

भोजपुर । भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना भएको छ । भोजपुर नगरपालिका  १० गजुरमुखि भिरमा को २ ह ११८ नम्वरको अटो दुर्घटना भएको हो । 

साझ ६. ३० वजे भएको दुर्घटनामा चालक सहित छ जना घाईते भएकाछन् । अटो सडक वाट अन्दाजि सात सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय  भोजपुरले जनाएकोछ । 

दुर्घटनामा परी अटो चालक षडानन्द नगरपालिका ९ कीमालुङका पासाङ तामाङ, पौवादुम्मा गाउपालिका १ श्यामशिलाका  प्रेमवहादुर तामाङ, पुष्पा काकी र उनको छोरी संजिता कार्की, सम्झना राई  सामान्य घाईते रहेकाछन् भने पौवादुम्मा गाउपालिका १ श्यामशिलाका  देवराई राई गम्भिर घाईते भएकाछन् । घाईतेसवैको जिल्ला अस्पताल भोजपुरमा उपचार भैरहेको प्रहरी कार्यालय भोजपुरले जनाएकोछ । 



No active ad available.