News by: Khulla Awaj
No active ad available.
काठमाडौँ । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप—२०२३ शुक्रबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । अल्पविकसित राष्ट्रहरुमा ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यले ब्याडमिन्टन एशियाले यस्तो प्रतियोगिता आयोजना गर्ने गरेको छ ।
प्रतियोगितामा यू–१५ र यू१७ स्पर्धा समावेश गरिएको छ । उक्त प्रतियोगितामा १२ वटा स्पर्धा समावेश गरिएको छ । हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा हुने प्रतियोगिता नेपाललगायत भुटान, श्रीलंका, बंगलादेश, मालदिभ्स र पाकिस्तानको सहभागिता रहने छ । प्रतियोगितामा ६ राष्ट्रका ५२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । छात्रतर्फ र छात्रातर्फ २६ खेलाडीको प्रतियोगितामा सहभागिता रहनेछ । अन्य राष्ट्रबाट आठ- आठजना तथा नेपालबाट १६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
आयोजकको हैसियतले नेपाले एक विधामा तीनजना खेलाडीलाई सहभागी गराउने अवसर पाएको हो । अन्य राष्ट्रले भने एक विधामा दुईजना खेलाडीमात्र सहभागी गराउने पाउने छ । यो प्रतियोगिता ओलम्पिक छात्रबृत्तीका लागि खेलाडी छनोटको आधारसमेत भएको र प्रत्येक देशबाट एक छात्रा तथा एक छात्र खेलाडी छनोट गरी मलेसियामा आयोजना हुने ओलम्पिक छात्रबृत्ती प्रतियोगितामा प्रतिष्पर्धा गराईने छ ।
त्यसपछि छात्रबृत्तीका लागि खेलाडी छनोट हुने जानकारी ब्याडमिन्टन एशियाका विकास ब्यवस्थापक सामबेन्थन शिभपेरुमलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिए । अर्का विकास ब्यवस्थापक थानाबालन अरिकृष्णनले एशियामा ब्याडमिन्टनको विकास गर्न के—कस्ता कार्यक्रम हुनुपर्छ भन्ने छलफल गर्न र महिलालाई ब्याडमिन्टनमा आकर्षण गर्ने कार्यक्रम बनाउन उद्देश्यसहित ब्याडमिन्टन एशियाले यो कार्यक्रम सञ्चालन गरेको बताए ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना
भोजपुर नगरपालिका ५ बोखिममा चाेरी