24th June 2026, Wednesday

सडकमा लतारिएको करेन्ट लागेर एकको मृत्यु, स्थानीय आन्दोलित

2 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

कञ्चनपुर । सडकमा लतारिएको तारबाट करेन्ट लागेर कञ्चनपुरमा एकजनाको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। 

भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो। ओडलाई बुधबार बेलुका करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन्। विरोधमा उनीहरुले बिहीबार बिहानैदेखि सुकासाल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। टायर बालेर राजमार्ग बन्द गराइएको हो।


मुख्य समाचार

No active ad available.


No active ad available.