22nd April 2025, Tuesday

एमालेले यी चार नेताकाे मात्र फाेटाे प्रयाेग गर्ने

1 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनहरुका कार्यक्रममा ३ नेतासहित अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो राख्न निर्देशन दिएको छ ।

पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीपछि अध्यक्ष ओलीको बाहेक अरूको फोटो नराख्न एमालेले भनेको हो । जसले पनि फोटो राखेर कार्यक्रमहरू गर्ने कुराले समस्या ल्याउन सक्ने भएपछि यस्तो निर्देशन गरिएको एमालेले बताएकाे छ । एमालेले कार्ल मार्क्स र लेनिनको फोटो भने सातौँ महाधिवेशनदेखि नै औपचारिक कार्यक्रमहरूमा राख्न छाडेको थियो । माओ त्से तुङ र स्टालिनको भने पन्चायतकालमै एमालेले फोटो राख्ने छाडेको हो ।

एमालेले औपचारिक कार्यक्रमहरूमा खादा मालालगायत भड्किलो कार्यक्रमहरू नगर्ने र मञ्चमा अतिथिहरू आसन ग्रहणलाई छरितो बनाउने निर्देशन समेत दिएको छ ।


No active ad available.


No active ad available.