13th April 2024, Saturday

संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

7 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौं । संसदमा जारी अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

प्रधानमन्त्री र सभामुखबीच प्रधानमन्त्री निवास  बालुवाटारमा भेटवार्ता भएको हो । ६० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गर्दा संसद् बैठक सञ्चालन हुन सकेको छैन । सत्तारुढ दलले भने सीआईबीले छानबिन गरिरहेकाले उच्चस्तरिय समिति आवश्यक नपर्ने अडान लिदै आएको छ ।

अहिले सुन प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ। अवरुद्ध संसद खुलाउने विषयमा प्रधानमन्त्रीले पनि दलहरूसँगको संवादलाई तीव्रता दिइरहेका छन्।  

 



No active ad available.