News by: Khulla Awaj
No active ad available.
भोजपुर, १४ असोज । किरात राई पत्रकार संघको १९औँ स्थापना दिवसको अवसरमा किरात राई पत्रकार संघ जिल्ला कार्यसमिति भोजपुरले शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
विभिन्न चुनौतीका बाबजुद सम्पन्न कार्यक्रममा गत ७ गते सम्पन्न किरात राई पत्रकार संघको छैटौँ केन्द्रीय अधिवेशनबाट भोजपुरबाट निर्वाचित अध्यक्ष अवतार राई, महासचिव नुनुता राई, सचिव विवेक राई र केन्द्रीय सदस्य प्रदीपचन्द्र राईलाई बधाई तथा सम्मान गरिएको छ।
यस्तै, किरात राई यायोक्खा जिल्ला कार्यसमिति भोजपुरका अध्यक्ष दिलकुमार राईलाई समेत सम्मान गरिएको किरात राई पत्रकार संघ भोजपुरका अध्यक्ष प्रमित सिप्तुङले जानकारी दिए।
कार्यक्रममा किरात राईसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’