News by: Khulla Awaj
No active ad available.
विराटनगर । नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेश समितिको पाँचौं बैठकले प्रदेशको नाम खारेज गर्दै बहुपहिचानको आधारमा राख्न माग गरेको छ । विराटनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले पार्टी र संसदीय दलले गरेको कमजोरीप्रति गम्भीर समीक्षा र आलोचना सहित १ नं प्रदेशको नाम वहुपहिचानको आधारमा पुनः नामाङ्कन गर्न माओवादी पार्टी प्रतिबद्ध रहेको बताएकाहुन् ।
संगठनलाई थप सुदृढ गर्न केन्द्रीय योजनामा ३ महिने अभियान अन्तर्गत भाद्र १६ गते एकै दिन प्रदेशका ११५७ वटै वडामा अभियान उद्घाटन गर्ने गरि कार्यविभाजन समेत गरिएको बताए । माओवादीले प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र उदयपुरको बेलकामा कोशी कटानले जनधनको ठुलो क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरूलाई आवश्यक उध्दार, राहत र पुनस्थापना गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ ।
यस्तै पशु चौपायमा देखा परिरहेको लम्पी स्किन रोगको कारण पशुपालक किसानहरूले ठूलो क्षति व्यहोर्नु परिरहेको र क्षतिपूर्तिको दिन पनि माग गरेको छ ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना