News by: Khulla Awaj
No active ad available.
भोजपुर, कात्तिक ७। भोजपुरको अरुण गाउँपालिका–३ ओमडाँडास्थित प्याउली जाने भित्री सडक छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृत फेला पर्नेमा अरुण गाउँपालिका–३ विजयबास निवासी करिब ५० वर्षीय राजकुमार तामाङ रहेका छन्।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ८ बजे सडक छेउमा चिलाउनेको स्याउलाको हाँगा केही भुइँमा ओछ्याइएको र शरीरको केही भाग स्याउलाले ढाकिएको अवस्थामा तामाङको शव फेला परेको हो। घटनाबारे बिहान ८ः३० बजे प्रहरीलाई टेलिफोनमार्फत जानकारी प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काको कमान्डमा सात जनाको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाएको जनाएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’