23rd October 2026, Friday

प्याउली र तिवारीभञ्ज्याङमा बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट

3 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । भोजपुरकाे प्याउली र तिवारीभञ्ज्याङ बजारमा बजार अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुकुमार थेगुवाको संयोजकत्वमा बुधबार बजार अनुगमन गरिएको हो।

अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका सामग्री फेला परेका थिए। अनुगमन टोलीले म्याद गुज्रिएका ती सामग्रीको जम्मा मूल्य रु. ९ हजार ५५० बराबर रहेको जनाएको छ। फेला परेका सामग्रीहरू नष्ट गरिएको छ।

उपभोक्ताको स्वास्थ्य र अधिकारलाई ध्यानमा राख्दै बजारमा नियमित अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।।



No active ad available.