13th April 2024, Saturday

भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते

7 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । भोजपुर नगरपालिका १२ कोट डाडामा सामुहिक झगडा भएकोछ । देउरालि समुह र कोट डाडा समुह विच आज दिउसो सामुहिक झगडा भएको हो । 

टक्सारमा लाखे जात्रा हेर्न गएका दुई समुह विच कोट डाडामा झगडा भएको प्रहरीले जनाएकोछ । दिउसो साढे तिन वजे भएको  झगडामा कोट डाडाका निकेश श्रेष्ठको टिम, विनम श्रेष्ठ, गणेश श्रेष्ठ लगायत रहेकाछन् । 

देउरालि समुहका देउरालि पक्षका देउरालिका अनिल राई,  टेम्केमैयुम गाउपालिका तिनका नितेस राई, भोजपुर नगरपालिका ९ का अमुल राई लगायत रहेकाछन् । जसमा घाईतेहुनेमा देउरालि समुहका अनिल राई र नितेस राईको ढाढमा चोट रहेको छ भने अनिल राई सामान्य घाईते रहेको प्रहरीले वताएकोछ ।

घाईतेको चोटहेर्दा चक्कु प्रहार भएको हुनसक्ने प्रहरीले वताएकोछ । घाईते सवैको अवश्था सामान्य अवश्थामा रहेको भएपनि अहिले जिल्ला अस्पताल भोजपुरमा रहेकाछन् । 

कोट डाडा समुहका विनम श्रेष्ठ र गणेश श्रेष्ठ लाई  नियण्त्रणमा लिएको छ भने टिमको खास नाईके निकेश  श्रेष्ठ लगायतका संलग्न फरार रहेकाले खोजि कार्य जारी रहेको प्रहरीले जनाएकोछ ।

 

यि दुवै टिमको विगतको रिसिवि रहेको र केहि व्याक्तिहरु सार्वजनिक मुद्दामा मुछिएको रहेको प्रहरीले जनाएकोछ । 



No active ad available.