1st May 2026, Friday

वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’

10 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । ‘भोजपुरको शिक्षाको अवस्थाः चुनौती र सुधारका उपायहरु’ विषयमा जिल्ला सदरमुकाममा आयोजित मावि स्तरीय बक्तृत्वकला प्रतियोगिताका सहभागि बिद्यार्थीहरुले शैक्षिक सुधारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनु भएको छ ।


नेकपा (एकीकृत समाजवादी) पार्टी निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटि भोजपुरको आयोजनामा भएको प्रतियोगिताका विजेता विद्यार्थीहरुले शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्रममा शैक्षिक गुणस्तरीयता बृद्धि गर्न मद्धत गर्ने उद्धेश्यका साथ ‘अखिल आइकन’ वक्तृत्वकला प्रतियोगिता प्रभावकारी देखिएको बताउनुभयो ।


प्रतियोगितामा पहिलो हुने टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ८, गोगनेमा रहेको बिद्येश्वर माविका छात्रा स्नेहा राईले आन्तरिक प्रतिभा पहिचानमा पनि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै भोजपुरको शिक्षा क्षेत्रमा देखिएको चुनौती समाधान हुन जरुरी रहेको बताउनुभयो ।


यस्तै दोश्रो हुने यशोधरा मावि टक्सारका छात्रा कोपिला प्रधान र तेश्रो हुने युनिक एण्ड युनाईटेड पब्लिक एकाडेमी भोजपुरका छात्र संयोग कार्कीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन जरुरी रहेको बताउनु भएको थियो ।


प्रतियोगितातर्फ अन्नपूर्ण बागधन रणदिपा माविका छात्र आविश्कार घिमिरे तेश्रो हुनु भएको थियो । संघीय र स्थानीय सरकारले ४० प्रतिशत बजेट शिक्षा क्षेत्रमा बिनियोजन गर्नु पर्ने माग पनि बिजेता विद्यार्थीहरुको छ ।


सोक्रममा भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक चन्दन कटुवालले शैक्षिक सुधारका लागि आयोजित हुने कार्यक्रममा सवै विद्यालय सहभागि हुनु पर्ने बताउनुभयो । कक्षा कोठा भन्दा बाहिर निस्कन पनि यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई मद्धत गर्ने बताउँदै उहाँले स्थानीय पालिका र सरोकारवालाहरुले यस्ता विषयमा समयानुकुल कार्यक्रम निरन्तर गर्न जरुरी रहेको बताउनुभयो ।


नेकपा (एकीकृत समाजवादी) पार्टीका उपसचिव सन्दिप राईले शैक्षिक क्षेत्रमा वक्तृत्वकलाबाट पनि सुधार गर्न सकिने बताउँदै शैक्षिक सुधारमा जसले जे भूमिका निर्वाह गर्नु पर्ने त्यो नगरि रहेको अवस्था देखिएको बताउनुभयो । विद्यार्थीहरूको आत्मविश्वास र प्रेरणा पनि बढाउँदैे शिक्षा क्षेत्रका सुधारलाई सफलता दिलाउन बक्तृत्वकलाले भुमिका निर्वाह गरेको उपसचिव राईको भनाई छ ।


प्रतियोगितामा जिल्ला भित्रका ७४ वटै माविलाई सहभागिताका लागि आह्रवान गरिएपनि १९ वटा बिद्यालयका ५१ जनाले मात्र सहभागिता जनाएका थिए । प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने बिद्यार्थीले क्रमशः नगद १५ हजार, १० हजार र सात हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।


कार्यक्रम अनेरास्ववियूका केन्द्रिय अध्यक्ष महेश श्रेष्ठ, कोशी प्रदेश अध्यक्ष सम्भु घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ, जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, शिक्षक, पत्रकार, लगायतको सहभागितामा शुक्रवार सम्पन्न भएको थियो ।


No active ad available.


No active ad available.