23rd October 2026, Friday

श्रम संस्कृति पार्टीले भोजपुरमा ‘हातेमालो कार्यक्रम’ गर्दै

2 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

श्रम संस्कृति पार्टी, जिल्ला समिति भोजपुरले आगामी असोज २२ गते भोजपुर नगरपालिकाको सभाहलमा ‘हातेमालो कार्यक्रम’ आयोजना गर्ने भएको छ।

‘प्रकृति, संस्कृति र प्रविधि’लाई मूल मर्म बनाएर आयोजना गर्न लागिएको कार्यक्रममा पूर्वमन्त्री तथा पार्टीका वरिष्ठ नेता सुदन किराती प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।

त्यस्तै, पार्टीका केन्द्रीय सचिवद्वय बर्बिम शेर्मा र शान्ति पाख्रिन तथा प्रतिनिधिसभा सदस्य ध्रुव राईको विशेष आतिथ्यता रहने आयोजकले जनाएको छ।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहने पार्टीका केन्द्रीय सदस्य हेमन्त राईले जानकारी दिनुभयो।



No active ad available.