22nd November 2026, Sunday

भोजपुरका नाै वटै स्थानीय तहमा श्रम संस्कृति पार्टीको स्थापना दिवस मनाइयो

2 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । श्रम संस्कृति पार्टीले भोजपुर जिल्लाका नौवटै स्थानीय तहमा आफ्नो पहिलो स्थापना दिवस मनाएको छ।


पार्टी स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा जिल्लाका सबै स्थानीय तहमा श्रमदान अभियान तथा कोणसभा आयोजना गरी स्थापना दिवस मनाइएको हो।


स्थापना दिवसका अवसरमा आयोजित श्रमदान अभियानमार्फत सामूहिक श्रम, एकता र सामाजिक सेवाको सन्देश प्रवाह गरिएको पार्टीले जनाएको छ। त्यस्तै, कोणसभामा पार्टीको एकवर्षे राजनीतिक तथा संगठनात्मक यात्रा, पार्टीका उद्देश्य र आगामी कार्ययोजनाबारे चर्चा गरिएको थियो।


जिल्लाका नौवटै स्थानीय तहमा एकैसाथ विभिन्न कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाउनुले पार्टीले आफ्नो संगठन विस्तार तथा गतिविधिलाई स्थानीय तहसम्म अघि बढाएको देखाएको छ।




No active ad available.