22nd April 2025, Tuesday

गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र भईरहेकाे छ - प्रधानमन्त्री दाहाल

1 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहित सुशासनको पक्षमा सरकारले चालेको कदमबाट आत्तिएकाहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र गरिरहेको बताए ।   

२० औं दोरम्बा हत्याकाण्डको स्मृतिसभामा बिहीबार रामेछापमा बोल्दै उनले देशमा देखिएको व्यापक वेथिति र विकृतिकाे अन्त्य गर्न सरकारले चालेको कदमबाट अत्तालिएकाले विपक्षीले विभिन्न भ्रम छरिरहेको आरोप लगाए । ‘सरकार सामाजिक न्यायसहित सुशासन र समृद्धिको अभियानमा दृढ संकल्प लिएर अघि बढेको छ । यसबाट आत्तिएका विरोधीहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ता भ्रमको पछाडि नलाग्न म आग्रह गर्छु’, उनले भने । 

उनले गठबन्धन दलहरूबीच कुनै दरार नभएको भन्दै  सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एकताबद्ध भएर लागेको बताए । सामन्ती राज्यसत्ताविरूद्ध जनयुद्धमा आफू जुन जोश र सक्रियताका साथ लागेको थिएँ, जीवनको उत्तरार्द्धमा पनि सोही जोसका साथ समाजवादको यात्रामा लाग्ने उनले प्रतिबद्धता जनाए । 

प्रचण्डले तीन महिने अभियानले जनतासँग माओवादीको सम्बन्ध स्थापित हुने र त्यसपछि ठुलो शक्ति भएर उदाउन  दाबी गरे ।  


No active ad available.


No active ad available.