20th March 2025, Thursday

भोजपुरमा कोशी नाम खारेजीको माग, सरकारी कार्यलयको बोर्डमा कोशी नाम मेटाउदै

1 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । कोशी नाम खारेजीको माग गर्दैै आन्दोलनरत प्रदेशको पुन: नामांकरण संयुक्त संघर्ष समितिले जिल्लाका कार्यलयहरुको बोर्डमा नाम मेटाउने अभियान थालेका छन् । 

बिहीवार घरेलु तथा साना उद्योगको कार्यलय पुगेर आन्दोलरत संघर्ष समितिले नाम मेटाएका हुन् । प्रदेशका अधिकांश जनताको मनोभावना विपरित प्रमुखदलहरुले जवरजस्ती कोशी नाम पारित गराएको भन्दै पहिचानवादीहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

विभिन्न जातीय संघसस्था तथा पहिचानको पक्षमा उभिएका दलहरु मिलेर आन्दोलन गरिरहेका छन् । उनीहरुले प्रदेश १ लाई पहिचानमा आधारित नामाकरण नगरेसम्म निरन्तर आन्दोलन गर्ने भनेका छन् । 


No active ad available.


No active ad available.