13th April 2024, Saturday

एक युवकले आफ्नै लिंग काटे

7 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौँ । साधु बन्छु भनेर हिँडेका युवकले मकवानपुरमा आफ्नै लिंग काटेका छन् । उनी ओभरसियर पढेका युवा हुन् ।

साउन ३१ मा राति मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित फुलवारी होटल एण्ड लजमा २२ वर्षीय युवकले लिंग काटेका हुन् । ब्लेडले लिंग काटेका युवक उपचार गर्न हेटौंडा अस्पताल गएको र त्यहाँबाट चिकित्सकले चितवनमा रिफर गरेको मकवानपुरका एसपी सिताराम रिजालले बताए ।

मकवानपुरगढी गाउँपालिका–७ घर भएका युवकको लिंगमा गहिरो चोट लागेको छ । ओभरसियर पढेका उनले प्रहरीसँग ‘होटलमा बिच्छीले टोकेको र विष सर्न नदिन लिंग काटेको’ बयान दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट घाइते आफैँले लिंग काटेको थाहा भएको एसपी रिजालले जानकारी दिए ।  



No active ad available.