20th March 2025, Thursday

साम्प्रदायिकता नेपाली समाजकाे लागि स्वीकार्य हुदैन : मन्त्री किराँती

1 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले साम्प्रदायिकता नेपाली समाजकाे लागि स्वीकार्य नहुने  बताए ।

बुधबार काठमाडौंमा खेमराज गुरुङ ट्रष्टले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले  पछिल्लो समय केही तत्त्वहरूले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको बताए । उनले इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको दाबी गरे ।

उनले नेपाल सबै जाती, धर्म र संस्कृतिको साझा फूलबारी रहेको भन्दै केही तत्त्वहरूले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताए । उनले विगतमा राजाको पालामा साम्प्रदायिकता भड्काउने काम भएपनि त्यस्तो हुन नसकेको उल्लेख गरे ।   

 


No active ad available.


No active ad available.