13th April 2024, Saturday

चलचित्र ‘एक भगवत् गीता’मा शीर्षक परिवर्तन गर्ने सहमति

7 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौं । चलचित्र ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरेका छन् । 

उनीहरुबीच शीर्षक परिवर्तन गर्ने सहमति भएकाे छ । सहमतिअनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) तय भएको छ । विवाद टुंगिएसँगै यो फिल्म अब सेन्सरको प्रक्रियामा अघि बढ्ने भएकाे हाे । 

भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए ।



No active ad available.