24th August 2026, Monday

लभ स्टाेरीमा रुचाईएका पुजा "दान्भि"काे एक्सन अवतारमा

3 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाण्डाै । लभ स्टाेरी चलचित्रमा रुचाईएकि अभिनेत्री पूजा शर्मा फिल्म 'दान्भी' मा एक्सन अवतारमा देखिने भएकी छन्। यतिबेला काठमाडौंको नैकापमा दान्भि फिल्मको क्लाइमेक्स छायांकन भइरहेको छ। फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन्। 

फिल्म 'दान्भी' को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक रूपेश तामाङले बताए। 'फिल्मको क्लाइमेक्सका लागि हामीले निकै मिहिनेत गरिरहेका छौं,' उनले भने।

'प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानी' जस्ता लभ स्टोरी फिल्ममा देखिएकी पुजा पहिलो पटक एक्सन फिल्ममा देखिन लागेकी हुन् । रूपेश तामाङले निर्देशन गरिरहेको फिल्ममा पूजासँगै अभिनेता कुन्साङ बोमजमको अभिनय छ। 


मुख्य समाचार

No active ad available.


No active ad available.