News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
वर्खायाममा पनि मुन्दुम पदमार्गमा पद यात्रा गर्न सकिने सन्देश दिन मुन्दुम ट्रेल रेसकाे आयाेजना गरिएकाेछ ।
मुन्दुम पदमार्गको प्रवद्र्धन सगै वर्खामा पनि मुन्दुम पदमार्गमा यात्र गर्न सकिने उदाहरण देखाउन सातौँ ‘मुन्दुम ट्रेल रेस’ २०२५ को आयोजना गरिएको हाे ।
पर्यटकीय स्थल चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सीमाना तावाभञ्याङ पुगि पुनः तावाभञ्याङबाट पाँचधारे, रतिया, मझौले, हात्ती खर्कहुँदै चखेवासम्मकाे २२ किलाेमिटर दुरिकाे मुन्दुम ट्रेल रेसका लागि रुढ तय गरिएकाे आयोजक रिमाचुङ,एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले वताए ।
असार ७ गते सन्चालन हुने मुन्दुम ट्रेल रेस प्रतियोगितामा नौ समुहको सहभागिता रहने आयोजकले जनाएको छ । एक समूहमा तीन महिला र तीन पुरुष गरी छ जनाको सहभागिता रहने छ ।
प्रतियोगितामा समुह तर्फ प्रथम हुनेले प्रमाण पत्रको साथमा नगद रुं ४० हजार, दितिय हुनेले नगद रु. ३० हजार र तृतिय हुने नगद रु. २० हजार पाउने छन् ।
त्यस्तै एकल प्रथम,दितिय र तृतिय हुनेले क्रमशः नगद रु. १५ हजार, दश हजार र पाँच हजार पाउने आयोजकले जनाएको छ ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना