13th February 2025, Thursday

शान्तिपुर्ण रुपमा कालोझण्डा देखाउदा कुटपीटभयो कानुनी दायरामा नल्याय भौतिक प्रतिकारमा उत्रन्छौ —किराति

1 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

किरात गणराज्य मोर्चा भोजपुरका संयोजक मादेन किरातिले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपी ओलि  र  संगठन साम्प्रदायिक भएको वताएकाछन् ।

संयोजक किरातिले आफ्नो फेसवुक वाल  मार्फत नेकपा एमालेका अध्यक्ष ओलि र उनका संगठन साम्प्रदायिक भएको वताएकाहुन् ।

किरातिले शान्तिपुर्ण तवरवाट कालोझण्डा देखाउने क्रममा युथ फोर्सका केन्द्रीय सदस्य सविन ढकाल लगायतले दिनेश राईलाई निर्घात कुटपिट गरेको वताएकाछन् । 

 

प्रहरी नियण्त्रणमा रहेकावेला कानुनलाई हातमा लिएर कुटपिट गरेको वताउदै संयोजक किरातिले कुटपिटमा संलग्न सवैलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन माग गरेकाछन् भने  कानुनि दायरामा नल्याय भौतिक रुपमा प्रतिकारमा उत्रने वताएकाछन् । 

संयोजक किराँती आफ्नो फेसवुकवालमा लेखेकाछन् ......

केपी वलि र तिनका संगठन घोर साम्प्रदायिक आजको भोजपुर घटनाले प्रमाणित भएको छ।शान्तिपूर्ण तवरबाट कालो झन्डा प्रदशन गर्ने क्रममा कथित युथ फोर्सका केन्द्रीय सदस्य सबिन ढकाल लगायतले प्रहरी नियन्त्रणमा रहेका दिनेश राईलाई निर्घात कुटपिट गरि कानुन हातमा लिने प्रयत्न गरेका छन। निज ब्यक्ति लगायत घटनमा संलग्न सबैलाई यथाशीघ्र कानुनी दायरामा ल्याईयोस यदि विलम्ब गरिएमा हामी सम्पूर्ण पहिचानवादी हरु भौतिक रुपमा प्रतिकारमा उत्रने छौ।यश दुखद,निन्दनीयएवं साम्प्रदायिक कार्य गर्ने ब्यक्ति बिरुद प्रतिकारमा उत्रन सम्पूर्ण किराती एवं पहिचानवादी समुदायमा अपिल गरिन्छ।     

मादेन   

संयोजक किरात गणराज्य मोर्चा,भोजपुर



No active ad available.