News by: काठमाण्डाै
No active ad available.
काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा शिक्षक-शिक्षकबीच नै कुटपिट भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।
शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा आपसी मतभेद भएपछि १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेको प्रहरीले जनाएकाेछ ।
जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी थिए ।
जिल्लाबाट समन्वय गरेर ल्याउने क्रममा उनले पैसाको हिसाबकिताब राखेको र त्यसमा मतभेद हुँदा उनीमाथि धकालधुकुल भएको एक शिक्षकले बताए ।
घाइते शिक्षक जोशीको टाउकामा टुटुल्को उठेको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । घटनालगत्तै प्रहरीको टोलीले जोशीलाई मीनभवनस्थित सिभिल अस्पताल पुर्याएको थियो ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’