17th July 2025, Thursday

सरकार र आन्दोलनरत शिक्षकहरू बिच वार्ता

2 महिना अगाडी

News by: काठमाण्डाै

No active ad available.

Post Image

नेपाल सरकार र आन्दोलनरत शिक्षकहरूबिच शनिबार वार्ता भएको छ । नयाँ शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछिको यो पहिलो वार्ता हो । सिंहदरबार स्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षक र सरकार विच वार्ता भएको हो ।

वार्तापछि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आज शिक्षकहरूको माग र आन्दोलनका बारे शिक्षामन्त्रीलाई जानकारी गराउने काम भएको बताए । उनले यसबारे थप वार्ता र छलफल गर्ने सहमति भएको बताए पनि अर्को वार्ताको मिति भने तय नभएको जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रवार साँझ नै शिक्षकका केही प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए ।


No active ad available.


No active ad available.