19th April 2026, Sunday

संघ संस्था ऐन को मस्यौदा सच्याउन माग

7 महिना अगाडी

News by: शारदा तामाङ, भाेजपुर

No active ad available.

Post Image

भोजपुर – गैर सरकारी संस्था महासङ्घ नेपाल भोजपुरले संघ सस्था ऐन २०८२ को मस्यौदा विधेयक तत्काल सच्याउन माग गरेको छ।

मंगलबार भोजपुरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै महासङ्घले मस्यौदा नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको ठहर गर्दै सच्याउन आग्रह गरेको हो।

महासंघका अध्यक्ष गणेश प्रधानले प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालय तथा सरोकारवाला निकायलाई त्रुटिहरू सच्याउन माग गरेका हुन्। उनले राज्यका तर्फबाट भएका एकपक्षीय प्रक्रिया रोक्न र सरोकारवालाको सुझावका आधारमा मात्रै ऐनलाई अघि बढाउनुपर्ने बताए।

यस्तै महासंघका सचिव खगेन्द्र खड्काले प्रस्तावित विधेयक संघ–संस्थालाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको भन्दै आपत्ति जनाए।

नागरिक समाज भोजपुरका संयोजक पर्शुराम तिवारीले पनि राज्यको गलत गतिविधि विरुद्ध सधैं खबरदारी गर्ने भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दै विधेयक तत्काल पुनरावलोकन गर्नुपर्नेमा जोड दिए।

महासंघले मस्यौदा बनाउने प्रक्रियामा विज्ञ तथा प्रभावित सरोकारवालाको सुझाव नलिएको भन्दै सरोकारवालाको सहभागितासहित ऐनलाई पुनर्लेखन गर्न सरकारसँग माग गरेको छ।





No active ad available.


No active ad available.