17th April 2026, Friday

सिडिओ र सुरक्षा प्रमुखलाई चाैविस घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

6 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौं।

लगातारको वर्षासँगै बढ्दै गएको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा निकायका प्रमुखलाई २४ सै घण्टा कार्यालयमै उपस्थित रहन निर्देशन दिएको छ।


मन्त्रालयले सबै जिल्लाका सिडिओलाई पठाएको पत्रमार्फत विपद् व्यवस्थापनमा पूर्ण रूपमा जुट्न आह्वान गरेको छ। साथै, राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन सहजीकरण गर्न आदेश दिएको छ।


यात्रुहरूलाई आवश्यक परेमा स्थानीय तह तथा संघसंस्थासँग समन्वय गरेर खानपानको व्यवस्था गर्न समेत निर्देशन गरिएको छ। त्यस्तै, राजमार्गमा रोकिएका एम्बुलेन्सलाई सहज आवागमन गर्न सहयोग गर्ने र गर्भवती महिला अलपत्र परेको अवस्थामा नजिकको बर्थिङ सेन्टरसम्म पुर्‍याउने व्यवस्था मिलाउन आग्रह गरिएको छ।


गृह मन्त्रालयले जोखिमपूर्ण स्थानमा बसोबास गर्ने परिवारलाई स्थानीय पालिकासँग समन्वय गरी विद्यालय वा खुला स्थानमा अस्थायी रूपमा सुरक्षित स्थानान्तरण गर्न पनि निर्देशन दिएको छ।




No active ad available.


No active ad available.