10th September 2026, Thursday

रसुवा बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

1 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । रसुवा बाढी तथा विपद्का क्रममा भोजपुरका चार जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ।

उपलब्ध विवरणअनुसार टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका नुननाथ ढुंगालका छोरा लेस नायक प्रभाकर ढुंगाल, भोजपुर नगरपालिका–७ का गोविन्द राई, खाँदबारी नगरपालिका–९ किमालुङका निर्म लाक्पा शेर्पा र पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका गोपि राई सम्पर्कविहीन छन्।

विवरणअनुसार उनीहरू विभिन्न क्षेत्रमा रोजगारी तथा कामको सिलसिलामा रहेका बेला बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेका हुन्। केही व्यक्ति सुदूरपश्चिमस्थित हाइड्रोपावर तथा निर्माण कम्पनीमा कार्यरत रहेको उल्लेख छ।

सम्बन्धित परिवारले सम्पर्कविहीन आफ्ना आफन्तको अवस्था पत्ता लगाउन सम्बन्धित निकायसँग खोजी तथा उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्।

सम्पर्कविहीन चारै जनाको खोजी तथा अवस्थाबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी छ।


No active ad available.


No active ad available.