26th July 2026, Sunday

पर्यटकको आकर्षण च्याङग्रे पोखरी

2 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुरको पौवादुङ्मा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । गाउपालिकाको प्राङ्गणमा रहेको यस पोखरीको दृश्यले यहाँ पुग्ने जो–कोहीलाई लोभ्याउने गरेको छ ।


<o:p></o:p>

पोखरीको सौन्दर्यसँगै यहाँ बोटिङको सुविधा थपिएपछि पर्यटकको आकर्षण झनै बढेको छ । पोखरीमा डुंगा चढेर प्राकृतिक दृश्यावलोकन सगै पालिकाको मुख्य वजार क्षेत्रको दृष्य अवलोकनले आगन्तुकलाई फरक अनुभव दिलाउने गरेको छ ।


<o:p></o:p>

पौवादुङ्मा गाउँपालिकाको पहलमा पोखरी क्षेत्रको संरक्षण, सरसफाइ, सूचना बोर्ड स्थापना तथा पर्यटकमैत्री पूर्वाधार निर्माण गरिएको छ ।<o:p></o:p>

गाउँपालिकाले यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न योजना अघि बढाएको छ ।


<o:p></o:p>

गाउँपालिकाका अध्यक्ष किरण राईका अनुसार च्याङ्ग्रे पोखरीलाई पर्यटनसँग जोड्दै स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्यसहित काम भइरहेको छ । यसले स्थानीय स्तरमा रोजगारी सिर्जना र आयआर्जनका अवसर बढाउने विश्वास लिइएको छ ।


<o:p></o:p>

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो पोखरी पछिल्लो समय सामाजिक सञ्जालमार्फत थप चर्चामा आउन थालेपछि यहाँ पुग्ने पर्यटकको संख्या पनि बढ्दो छ ।<o:p></o:p>


मुख्य समाचार

No active ad available.


No active ad available.