13th April 2024, Saturday

पन्ध्र वर्षिय बालिकामाथि सामुहिक बलात्कार

7 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

डाेल्पा । गर्भमा ६ महिनाकाे बच्चा रहेकाे पुष्टि भएपछि डोल्पामा बलात्कृत भएको ६ महिनापछि १५ वर्षीया बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दिएका छन् ।  

डोल्पाको जगदुल्ला गाउँपालिकामा वलात्कृत वालिकाकाे अनुसार ९ जना युवा मिलेर १५ वर्षीय बालिकामाथि बलात्कार गरेका थिए ।  बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा उजुरी दिएसँगै संलग्न ९ मध्ये  ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । 

पक्राउ परेका ३ मध्ये  एक जनालाई मुगुबाट, २ जनालाई जुम्लाबाट पक्राउ गरिएको हाे ।  अन्य सबै फरार छन् । भागेकाहरूलाई पक्राउ गर्न सजिलो हाेस् भनेर उनीहरूको पहिचान गोप्य राखेको प्रहरीले जनाएको छ ।  



No active ad available.