20th March 2025, Thursday

पहिचान पुरस्कार २०८० प्रगति राई र प्रकाश गुरागाईलाई

10 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

सर्वाधिक धन राशीको “पहिचान पुरस्कार २०८० वितरण गरिएको छ । २०७२ सालबाट स्थापना भएको पहिचान कोषद्धरा वितरण गरिने पहिचान पुरस्कारबाट प्रगति राईको “थाङ्ग्रा” उपन्यास र प्रकाश गुरागाईको गैर आख्यान “जङ्क्सन पिपलबोट” लाई संयुक्तरुपमा पुरस्कृत गरिएको हो ।

नगद रु ४ लाख २ हजार २ रुपैयाँ राशीको पुरस्कार भोजपुरको पर्यटकिय स्थल टेम्केमैयुँङ गाउँपालिकाको चखियामा शनिबार वितरण गरिएको हो । कोषका सँस्थापक नरेश काङमाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लेखक खगेन्द्र संग्रौला रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि प्राज्ञ श्रवण मुकारुङ, गाउँपालिका अध्यक्ष सरोज बस्नेत, प्राज्ञ मुनराज शेर्मा, चन्द्र रानहँछा लेखक पत्रकार दिपक सापकोटा, लेखकहरु देवन किराती, कविता राई, लगायतले पुरस्कृत कृती र लेखकबारे आफ्नो धारणा राखेका थिए ।

यस अघि खगेन्द्र संग्रौलालाई “पहिचान सम्मान” नगद रु ४ लाख सहित गरिएको थियो । त्यस्तै राजन मुकारुङको निवन्ध “फेरिदो सौन्दर्य” ,अर्जुन खालिङको कविता संग्रह गोयङको सुगन्ध, यज्ञासको उपन्यास “भुईयाँ” लाई पहिचान पुरस्कारद्धारा सम्मान गरिएको थियो ।

त्यस्तै उन्मुक्त पुस्ताको आफर,सरस्वती प्रतिक्षाको उपन्यास “नथिया” श्याम शाहको उपन्यास “पथेर” अनन्त वाग्लेको कदम अर्जुन माबुहाङ र अमित थेवेद्धारा लिखित “फाल्गुनन्द र इमान सिंह चेम्जोङको लेखोट” र कविता राईको “गुरु” उपन्यासलाई पुरस्कृत गरि सकिएको छ ।



No active ad available.


No active ad available.