18th February 2026, Wednesday

पाँच एआईजी को सरुवा

2 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौं । सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। सरुवा हुनेहरुमा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ।

प्रशासन विभागबाट एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालय तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग लगिएको छ। यसैगरी मानवस्रोत विभागबाट एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा गरिएको छ भने कार्यविभागकी एआईजी मीरा चौधरीलाई प्रशासन विभागमा लगिएको छ।

अरू तीन एआईजीहरू केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङको भने सरुवा गरिएको छैन। 

 


No active ad available.


No active ad available.