News by: Khulla Awaj
No active ad available.
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का लाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आइतबार बिहान बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो।
सीआईबी प्रमुख मानेज केसी का अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले पठाएको पत्रका आधारमा खड्कामाथि अनुसन्धान अघि बढाइएको हो। सोही प्रक्रियाअन्तर्गत उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
यसअघि २४ भदौमा भएको तोडफोड तथा आगजनी प्रकरणपछि सार्वजनिक भएका केही भिडियो र तस्बिरमा खड्कासहित शेरबहादुर देउवा र पुष्पकमल दाहाल का निवासबाट जलेका नोटका भग्नावशेष फेला परेको दाबी गरिएको थियो। ती सामग्रीको विधिविज्ञान प्रयोगशाला परीक्षणबाट पुष्टि भएपछि उक्त विषयमा अनुसन्धान तीव्र बनाइएको हो।
सोही प्रकरणसँग सम्बन्धित अनुसन्धानलाई अगाडि बढाउँदै फाइल सीआईबीमा पुगेपछि खड्कालाई पक्राउ गरिएको हो। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’