20th May 2024, Monday

##एमाले#केपीशर्मा वली#saran rai#makkar khadhka

नेकपा एमाले भाेजपुर अध्यक्षमा राई र खड्का विच निर्वाचन हुने

2 हप्ता अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

नेकपा (एमाले) भोजपुरको नेतृत्व चयनका लागि निर्वाचन हुने भएकाेछ । नेतृत्वका लागि शरण राई र मक्कर खड्का विच निर्वाचन हुने वताईएकाेछ । नेतृत्वमा आ आफ्नाे दावि कायम राखेकाले अब निर्वाचनमा जाने वताईएकाेछ ।

नेतृत्व चयनका लागि भाेजपुर नगरपालिकाकाे सभाहलमा निर्वाचनकाे लागि प्रकृया अगाडि वढाएएकाेछ । प्रतिष्पर्धि राई र खड्काले आ आफ्नाे प्यानल सार्वजनिक गरि मत मागिरहेकाछन् ।

शरण राईले उपाध्यक्षमा - कृपाशुर शेर्पा, सचिव - ज्ञानेन्द्र कार्की, उपसचिव - जगत चौहानर उपसचिव - (महिला) - मेरिका राई सहित चुनावि मैदानमा छन् भने मक्कर खड्काले उपाध्यक्षमा - किरण राई,सचिव - एक्सन राई, उपसचिव - दौलथ कुलुङ र उपसचिव - (महिला) - रमा राई रहेकाछन् । निर्वाचन रातकाे साढे एघार वजे वाट शुरु हुने निर्वाचन समितिले जनाएकाेछ ।

नयाँ कमिटी चयनको लागि भोजपुर जिल्लाका ८१ वडाबाट ६०८ जनाको प्रतिनिधित्व रहेको छ ।


अन्य खबर


No active ad available.