News by: Khulla Awaj
No active ad available.
भोजपुर । नेपाली कम्युनिस्ट पार्टीको आमचोक गाउँ पार्टी, भोजपुरले बाढीपहिरो तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३५ हजार रुपैयाँ सहयोग गरेको छ।
पार्टीले शुक्रबार बसेको एकता समायोजन बैठकमार्फत विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो। सोही बैठकको निर्णयअनुसार बाढीपीडितको राहतका लागि पार्टीका नेता तथा कार्यकर्ताबाट संकलित रकम सरकारद्वारा स्थापित आधिकारिक राहत कोषमा जम्मा गरिएको हो।
आमचोक गाउँ पार्टीका अध्यक्ष अशोक राईका अनुसार विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले पार्टीका नेता तथा कार्यकर्तामार्फत रकम संकलन गरिएको हो। संकलित रकमलाई पारदर्शी रूपमा सरकारी राहत कोषमा जम्मा गरिएको उनले बताए।
रकम सिद्धार्थ बैंकमार्फत २०८३ भदौ १२ गते (२८ अगस्ट २०२६) प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको भुक्तानी रसिदमा उल्लेख छ।
एकता समायोजन बैठकले विपद्का घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना समेत प्रकट गरेको थियो। साथै विपद्को समयमा राज्य, राजनीतिक दल, सामाजिक संघसंस्था तथा आम नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिएको छ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’