News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भोजपुर, १३ चैत ।
मुन्दुम पद मार्ग प्रवर्दनका लागि महाेत्सव हुने भएकाेछ । पदमार्ग प्रवर्दनका लागि भाेजपुरकाे टेम्केमैयुम गाउपालिका स्थित चखेवा भञ्ज्याङमा वैशाख १ गते वाट महाेत्सव हुने भएकाे हाे ।
‘कृषि, पर्यटन तथा सँस्कृतिकाे उजागर गर्ने उदेश्यले महोत्सवकाे आयाेजना गरिएकाे आयाेजक चखेवा वजार तथा शहरीकरण व्यवस्थापन समितिले वताएकाेछ ।
पर्यटकलाई लक्षित गरेर विभिन्न जातजातिको सँस्कारका झाँकी, स्थानीय आर्गानिक परिकार, स्थानिय स्तरमा उत्पादन तथा प्रशाेधित सामाग्रि लगायतका स्टल रहने आयोजकले जनाएकाेछ ।
चखेवा वजार तथा शहरीकरण व्यवस्थापन समितिका अध्यक्ष आई कुमार राईकानुसार महोत्सवमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने खालका प्रर्दशनी स्थानीय अर्गानिक परिकार रहने छ भने सिसाजन्य सामग्रीको प्रयोगमा रोक लगाउनेछ ।
महोत्सवकाे थप आकर्षण मुन्दुम पदमार्गको बृतचित्र प्रर्दशनी, मुन्दुम दौड, कविता बाचन, तथा राष्ट्रिय कलाकारहरुकाे सास्कृतिक प्रस्तुति समेत रहेकाे आयाेजकले जनाएकाेछ ।
स्थानिय सरकारले आफ्नाे पालिका भित्र रहेका पर्यटकिय स्थलहरुकाे प्रवर्दन गर्दै आईरहेकनेछ । महोत्सवको लागि टेम्केमैयुङ गाउँपालिकाले दश लाख रुपैया बजेट विनियोजन गरेको छ । मुन्दुम पदमार्ग नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा सुचिकृत रहेकाे छ ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना