News by: विवेक राई, भाेजपुर
No active ad available.
मुन्दुम ट्रेल रेसकाे उपाधि विशाल राई र दिर्पा वस्नेतले हात पारेकाछन् । शनिवार सम्पन्न रेस प्रतियाेगितामा एकल पुरुष तर्फ विशाल राई र एकल महिला तर्फ दिर्पा वस्नेतले उपाधि हात पारेकाहुन् ।
मुन्दुम पदमार्गकाे प्रवर्दनका निम्ति प्त्येक वर्ष आयाेजना हुुदै आएकाे मुन्दुम ट्रेल रेसकाे याे साताै संस्करण हाे ।
टेम्कैमैयुङ गापालिकाे आर्थिक सहयाेग तथा रिमाचुङ एजुकेशन एण्ड स्पाेर्टस एकेडेमिकाे आयाेजनामा चखिया भञ्ज्याङ देखि तावा भञ्ज्याङ पुगि पुन चखिया सम्मकाे २२ कि मि दुरिकाे प्रतियाेगिता सञ्चालन भएकाे हाे ।
एक घण्टा ४६ मिनेट ५७ सेकेण्डमा निर्धारित दुरि पूरा गरे भने महिला तर्फका प्रथम दिर्पा वस्नेतले दुई घण्टा २घ मिनेट ४६ सेकेण्डमा पूरा गर्दै प्रथम वनिन । समुहगत रुपमा सहभागिता गराईएकाे रेसमा राई र वस्नेत सिलिचुङ समुहकाहुन ।
क्रमश पुरुष तर्फ द्वितीय सरोज लिम्ब तृतिय दिपक राई वने भने महिला तर्फ कृष्मा राई दितिय र जुलिन राई तृतिय वनेकाे आयाेजकले वताएकाेछ ।
प्रतियोगितामा समुह तर्फ प्रथम हुनेले प्रमाण पत्रको साथमा नगद रुं ४० हजार, दितिय हुनेले नगद रु. ३० हजार र तृतिय हुने नगद रु. २० हजार पाएका छन् भने एकल तर्फ प्रथम,दितिय र तृतिय हुनेले क्रमशः नगद रु. १५ हजार, दश हजार र पाँच हजार पाएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वाेल्दै टेम्के मैयुम गाउपालिकाका उपाध्यक्ष रमा राईले कृषि र पर्यटनलाई जोड्दै यहाँको प्रचार प्रसार गर्ने लक्ष्यले वर्षेनी मुन्दुम ट्रेल रेसको आयोजना गर्दै आएको वताए ।
त्यस्तै पालिका अध्यक्ष सराेज वस्नेतले पदमार्गकाे प्रचार प्रसारका निम्त बर्सेनि गरिदै आएकाे ट्रेल रेसलाई अझ व्यवस्थित वनाउन आगामि वर्ष अझ प्रभावकारि भुमिका खेल्ने वताए ।
यता आयाेजक रिमाचुङ एजुकेशन एण्ड स्पाेर्टस एकेडेमिका अध्यक्ष पाविहनङ राईकाे अनुसार वर्खाकाे समयमा पनि मुन्दुम पदमार्ग यात्रकाकाे लागि सुरक्षित छ भन्नका लागि यश पटककाे रेसकाे आयाेजना गरिएकाे वताए ।
प्रतियोगितामा १७ जना महिला र १८ जना पुरुष गरी ३५ जना धावकको सहभागिता रहेको थियो छ ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना