3rd October 2024, Thursday

मन्त्री किराँतीको दशै भोजपुरको मैयुङ डाडाँमा

11 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यस पटकको दशै गृह जिल्ला भोजपुरमा मनाउने भएकाछन् । 

अन्य मन्त्री तथा नेताभन्दा पृथक शैलीले चर्चामा आएका किराँतीले यसपालि भोजपुरको पर्यटकीय स्थल मैंयुङ डाँडामा चौँरी भेडीगोठालाहरुसँग दसैँ मनाउने भएकाहुन् । 

मन्त्रि कीरातिले दशै मनाउदै भेडा चौरी पालक कृषकहरुलाइृ सम्मान समेत गर्ने वताईएकोछ । जिल्ला आएका मन्त्रि कीराति लगातार जनतासँगको भेटघाटमा छन् । 

खादा माला लगाउनुको साटो दान गर्न गरेको आह्वान अनुसारको पैसाले जिल्लाको आमचोक गाउपालिका स्थित सरस्वती मावि, दुङमानालाई ६ लाख ४३४ रुपैयाँ सहयोग गरे । उक्त रकम जेहेनदार छात्रवृत्तिका लागि विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

मन्त्रि कीरातिले आमचोक गाउँपालिका वडा नम्बर ८, किनुवा र कोशी करिडोरको सडक अनुगमन गरेकाछन् भने आमचोककै वडा नम्बर ६ स्थित बोयङमा बलात्कारपछि हत्या गरिएकी ७ वर्षीय बालिकाको घरमा पुगेर उनले २० हजार नगद सहयोग गरेकाछन् ।विगतका दशैहरुमा पनि फरक ढङग वाट मान्दै आएका किरातिले यस पटक पशुपालक कृषकहरु सग दशै मनाउन लागेकाहुन् । 

भेडा र चौँरी गोठ भनेको नेपालीको मौलिक परम्परा रहेको मन्त्री किराँतीले बताए । ‘त्यसलाई बचाउन र ब्राण्डिङ गर्न सके त्यो पर्यटनको एउटा आधार पनि बन्छ । मान्छे सहरबाट गएर गोठमा एक रात सुत्ने, आफैँ दुध दुहुने, आफैँ दुध तताउने, कुराउनी बनाउने, मोही पार्ने, ठुलाठुला खर्कमा फोटो खिच्ने गर्न सकिन्छ । त्यसलाई प्रोत्साहन गरौँ भनेर जाँदैछु त्यता,’ उनले भने । हरेक दसैँमा मन्त्रि कीरातिले टीकाको दिन सिर्जनात्मक काम गर्दै आएको छन । 

 



No active ad available.