News by: Khulla Awaj
No active ad available.
पिरो अचार, पिरो ममको झोल, पिरो तरकारी, पिरो चटपटे । यसरी कुनैपनि खानेकुराको अगाडि जब हामी ‘पिरो’ जोडिदिन्छौं, मुखमा पानी आउन थाल्छ ।
पिरोको पारखीहरुको त कुरै नगरौं, जुनसुकै खानेकुरामा उनीहरु पिरो खोज्न थाल्छन् । कतिसम्म भने यिनीहरु जिब्रोमा राख्नै नसक्ने पिरो खोज्छन्, जसले अनुहारको नसामा झड्का महसुष गराउँछ र आँखाबाट आँशु नै आउँछ । पिरो खानेकुरामा लोभिने जमात आज पनि उस्तै छ, जति हिजो थियो । त्यसैले त बजारमा ‘पिरो चाउचाउ’ देखि ‘पिरो कुरकुरे’ सम्म छ्यापछ्याप्ती छ ।
सोच्नुहोस् त, पिरो हामीलाई किन स्वाद लागेको होला जिब्रो पर्पराउने, आँखा रातो हुने खानेकुराप्रति हाम्रो जिब्रो कसरी लोभिएको होला, यी प्रश्नहरुको जवाफ खोर्सानी कसरी पिरो हुन्छ भनी बुझ्न उचित हुन्छ । किनभने पिरोको सम्पूर्ण स्रोत नै खुर्सानी हो ।
पिरो स्वादको जैविक आधार
खुर्सानीको पिरो स्वादको मुख्य कारण हो क्याप्साइसिन नामक रसायन । यो यौगिकले हाम्रो जिब्रोमा रहेका ताप र पीडाको सूचकलाई सक्रिय बनाउँछ, जसले गर्दा हामीलाई पिरो र तातो अनुभव हुन्छ।
खुर्सानी अर्थात पिरो खाएपछि हामी कुनै तातो वा हानिकारक चीजको सम्पर्कमा आएका छौँ भनेर क्याप्साइसिनले मस्तिष्कमा सन्देश पठाउँछ । मस्तिष्कमा यो संकेत पुगेपछि त्यसको प्रतिक्रिया स्वरुप हाम्रो शरीरमा पसिना आउने, अनुहार रातो हुने र मुटुको धड्कन बढ्ने जस्ता लक्षणहरू देखिन्छन् ।
यो अनुभवलाई किन रमाइलो मानिन्छ त रु वैज्ञानिकहरूका अनुसार, पिरो खाना खाँदा मस्तिष्कले एन्डोर्फिन र डोपामाइन जस्ता रसायनहरू उत्पादन गर्छ, जसले हामीलाई आनन्द र सन्तुष्टिको अनुभव गराउँछ ।
यो प्रक्रिया व्यायाम, हाँसो वा अन्य रमाइला गतिविधिहरूसँग मिल्दोजुल्दो छ । त्यसैले, पिरो स्वादले एक प्रकारको ‘रोमाञ्चक पीडा’ प्रदान गर्छ । यसलाई मनोवैज्ञानिकहरू बेनाइन मासोचिज्म भन्छन् । यो त्यस्तो अवस्था हो, जहाँ हामी नियन्त्रित र सुरक्षित तरिकाले पीडा वा असहजताको अनुभव गर्न रमाउँछौं ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’