News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भोजपुर नगरपालिका १२ टक्सार माल्बासेका आगलागी पिडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
चैत्त ३ गते भएको आगलागि पीडित पाँच परिवारलाई भोजपुर नगरपालिका, नेपाली कांग्रेस जिल्ला सभापती तथा कोशी प्रदेश संसद विनोद बान्तावा र वडा कार्यालयले संयुक्तरुपमा राहत सामग्री वितरण गरेको हो ।
भोजपुर नगरपालिकाबाट प्रति परिवार एक बोराको दरले ५ बोरा चामल, एक काटुन तेल, ५ डल्ला साबुन र ५/५ केजी चिनी र नुन वितरण गरेको छ । त्यस्तै संसद बान्तावाले पाँच बोरा चामल र १/१ लिटर तेल वितरण गर्नु भएको छ ।
भोजपुर नगरपालिका वडा न १२ को कार्यालयले भने चार वटा ड्रम, बासको समस्या भएका दुई परिवारलाई चार बन्डेल जस्ता वितरण गरेको हो ।
राहत सामग्री वितरण गर्दै कोशी प्रदेश संसद विनोद बान्तावाले तत्काल केही सहयोग पुगोस भन्ने उद्देश्यल राहत सामग्री वितरण गरिएको बताउनुभयो । आगमी दिनमा उहाँहरुको लागि राहत संकलनमा पहल गर्ने उहाँको भनाई छ ।
शनिबार जंगलबाट डडेलो बस्तीमा पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको ७ घर पूर्ण रुपले जलेर नष्ट भएकाे थिए ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना
भोजपुर नगरपालिका ५ बोखिममा चाेरी