13th April 2024, Saturday

कोशी नाम खारेजीकाे माग गर्दै विराटनगरमा विराेध प्रदर्शन

6 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

विराटनगर । कोशी नाम खारेजीकाे माग गर्दै पहिचान पक्षधरहरुले विराटनगरमा विराेध प्रदर्शन गरेका छन् । 

मंगलबार सुनसरीको इटहरीदेखि मोटरसाइकल र्‍यालीसहित विराटनगरमा उनीहरुले विरोध प्रदर्शन गरे । पहिचान पक्षधरहरुले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीकाे राजिनामाकाे समेत माग गरेका छन् । 

पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका विभिन्न राजनीतिक तथा सामाजिक संस्थाले कोशी नाम खारेज गर्न माग गर्दै आएका छन् । उनीहरुले मंगलबारदेखि प्रदर्शन गर्ने जानकारी पाएपछि सोमबार जिल्ला प्रशासन कार्यालय मोरङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रदेशसभालगायत प्रमुख प्रशुसनिक निकायबाहिर प्रदर्शनमा २ महिनासम्मका लागि रोक लगाएको छ ।

प्रदेशकाे नाम गएकाे फागुन १७ गते काेशी राखेसँगै पहिचान पक्षधरहरु निरन्तर आन्दाेलनमा छन् । 

Post Image
Post Image
Post Image
Post Image


No active ad available.