24th January 2026, Saturday

किराती राष्ट्रिय मुक्तिमोर्चा नेपाल जापानको संयोजकमा प्रमिला राई

8 महिना अगाडी

News by: खुल्ला आवाज

No active ad available.

Post Image

किराती राष्ट्रिय मुक्तिमोर्चा नेपाल जापानको संयोकमा प्रमिला राई निर्विराेध निर्वाचित भएकाछन् । नेपाल जनप्रगतिशिल मञ्च जापानको विशेष भेलाले राईलाई संयाेजकमा निर्वाचित गरेकाे हाे ।

आइतबार कोन्तो क्षेत्र टोकियोमा सम्पन्न भएको विशेष भेलामा सदस्यता नविकरण तथा बदलिदो राजतितिक घटनाका बारे अन्तरक्रियाको साथै किराँती राष्ट्रिय मुक्तिमोर्चा जापानको भेला आयोजक समिति समेत गठन गरेको छ । भेला आयोजनाका लागि संयोजकमा प्रमिला राई सहित १५ जनाको समिति घोषणा गरेको हाे ।

कार्यक्रममा जनप्रगतिशील मञ्चका एशिया प्रदेश सहसंयोजक डा. भूपालमान श्रेष्ठ, जापानका लागि नेपाली पर्यटन दूत रामहरी पुढासैनि किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपालका उपमहासचिव बशन्त राई जनप्रगतिशिल मञ्च जापानका महासचिव दावा शेर्पा लगायतको उपस्थिति रहेको थियो ।



No active ad available.


No active ad available.