News by: Khulla Awaj
No active ad available.
भोजपुर, असार १५ — माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) को मौका परीक्षा आवेदन फारमका लागि आमचोक गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरूले चर्को तथा असमान शुल्क निर्धारण गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आमचोक गाउँ कमिटीले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ।
गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै संगठनले एउटै प्रकृतिको परीक्षाका लागि विद्यालयअनुसार फरक–फरक र अत्यधिक शुल्क लिइनु विद्यार्थीमाथिको आर्थिक भार भएको जनाएको छ। शुल्क निर्धारणमा एकरूपता, व्यवहारिकता र वैज्ञानिक आधार अपनाउनुपर्ने माग गर्दै गाउँपालिकाले तत्काल आवश्यक पहल गरी सबै विद्यालयमा समान मापदण्ड लागू गर्न आग्रह गरेको छ।
ज्ञापनपत्रमा नेपालको संविधानले शिक्षा नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षा र परीक्षाबाट वञ्चित हुन नहुनेमा जोड दिइएको छ। स्थानीय सरकारले यस विषयमा प्रभावकारी अनुगमन गरी विद्यार्थीमैत्री निर्णय लिनुपर्ने संगठनको भनाइ छ।
अनेरास्ववियु (क्रान्तिकारी) आमचोक गाउँ कमिटीले समयमै उचित निर्णय नभए विद्यार्थीको हकहितका लागि थप संघर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’