22nd April 2025, Tuesday

कोही राजा भन्छन्, कोही पूर्वराजा उनि ज्ञानेन्द्र शाह हुन्" सुदन किराति

1 महिना अगाडी

News by: खुल्ला आवाज, सुनसरी

No active ad available.

Post Image

राजतन्त्रकाे वजारहल्ला चलिरहदा पुर्व मन्त्रि सुदन किरातिले काेही राजा कोही पूर्वराजा भन्छन् तर उनी खास ज्ञानेन्द्र शाह रहेकाे वताएकाछन् ।

नेकपा माओवादिका प्रभावशालि नेता किरातिले आफूले ज्ञानेन्द्र शाहलाई राजा वा पूर्वराजा नभनी सिधै ज्ञानेन्द्र शाहमात्रै भन्ने र उनी खास ज्ञानेन्द्र शाह रहेकाे वताएकाहुन् ।

किरातिले नेपालमा राजतन्त्र फर्कनु र बगेको खोला उस्तै रहेकाे वताएकाछन् । फर्कनु र मरेको मान्छे जिउँदो हुनु दुवै असम्भव भएको भन्दै नेपालमा अब राजतन्त्रपनि फर्किने सम्भावना नरहेको दाबी गरेका हुन् ।

सुनसरीको इटहरीमा आज (आइतबार) युवाहरुसंगको एक अन्तरक्रियालाई सम्बोधन गर्दै किरातीले दरबार हत्याकाण्डमा वीरेन्द्रको वंशनास भएपछि नै नेपालमा राजतन्त्र औपचारिक रुपमा समाप्त भएको स्मरणगराएका छन् ।

"नारायणीहिटी हत्याकाण्ड संगै वीरेन्द्रको वंशनाश पछि नेपालमा राजतन्त्र औपचारिक रुपले समाप्त भएको हो । आज जे हुँदैछ, यो प्रायोजित ढंगले मञ्चन गरिएको नाटक हो। न बगेको खोला फर्किन्छ । न मरेको हजुरबुवा जिउँदो हुन्छन्। राजतन्त्र फर्किनु सम्भव छैन । फेरि कथित पूर्वराजा ज्ञानेन्द्र र युवराज पारश शाहको देश तथा विदेशमा खराव छायाँ छ । वीरेन्द्रसम्म भएको भए के हो भन्ने हुन्थ्यो ।” मन्त्रि किरातिले भने ।

उनले गणतन्त्रवादीहरुको कारण नै अहिलेको अवस्था आएको संकेत गरे । उनले गणतन्त्रवादीहरुले गहिरो समिक्षा गर्नुपर्ने आवश्यकत्ता औंल्याए । सत्तामा बसेर परीणाम दिन नसक्दा अनि नातावाद, कृपावाद र फरियावादमा फस्दा गणतन्त्रको जरा जमिनमा फैलिन नसकेको किरातीको गम्भीर टिप्पणी छ । उनले गणतन्त्रको विकल्प राजतन्त्र नभएको र हुनै नसक्ने ठोकुवा गरे ।


No active ad available.


No active ad available.