17th April 2026, Friday

GWT मार्फत टेम्केमैयुङ गाउँपालिकामा खानेपानी योजना हस्तान्तरण

2 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर – टेम्केमैयुङ गाउँपालिका–४ नागीस्थित चखियामा करिब ९४ लाख रुपैयाँ बराबरको खानेपानी योजना हस्तान्तरण गरिएको छ।

GWT मार्फत निर्माण सम्पन्न उक्त योजना शनिबार आयोजित एक कार्यक्रमबीच स्थानीय खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो।

खानेपानी आयोजनाले स्थानीय बासिन्दालाई स्वच्छ पानीको पहुँचमा सहजता ल्याउने अपेक्षा गरिएको छ। कार्यक्रममा GWT का प्रोजेक्ट डाइरेक्टर राजन राईले योजनाले भोजपुर जिल्लालाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

उनले योजनाको दिगोपनाका लागि उपभोक्ता समितिको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै योजनाको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको बताए।

कार्यक्रममा टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले खानेपानीजस्ता आधारभूत पूर्वाधारले ग्रामीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता योजनाले आम नागरिकको जीवनस्तर उकास्न मद्दत गर्ने धारणा राखे।

हाल उक्त योजनामार्फत करिब ४१ घरधुरी लाभान्वित भएका छन्। योजनाको सञ्चालन तथा व्यवस्थापन स्थानीय खानेपानी उपभोक्ता समितिका सचिव आइकुमार राईले गर्ने जानकारी दिए ।


कार्यक्रममा गाउँपालिकाको तर्फबाट GWJT भोजपुरलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो।

No active ad available.


No active ad available.