17th April 2026, Friday

एमाले भोजपुरलाई सामग्री हस्तान्तरण

8 महिना अगाडी

News by: काठमाण्डाै

No active ad available.

Post Image

नेकपा (एमाले) भोजपुरद्वारा सञ्चालन गरिने पार्टी सदस्यता कार्ड वितरण अभियानलाई सहयोग पुर्याउने उद्देश्यले आवश्यक सामग्रीहरू एक कार्यक्रमका बीच काठमाण्डौंमा हस्तान्तरण गरिएको छ ।

भोजपुर घर भई हाल काठमाण्डौंमा विभिन्न पेशा, व्यवसाय र पार्टी जिम्मेवारीमा सक्रिय व्यक्तिहरुको कार्ड प्रिन्टर, सदस्यता कार्ड, प्रिन्टर मसी , फोटो पेपर नेकपा (एमाले) भोजपुरलाई निःशुल्क रूपमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेकपा (एमाले) भोजपुर जिल्ला सचिव एक्सन राईले सामग्रीहरू औपचारिक रूपमा बुझेको घोषणा गर्दै सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

अभियानले सदस्यता अभिलेखलाई व्यवस्थित गर्दै डिजिटल प्रणालीमा रूपान्तरण गर्नेछ, जसले अभिलेखलाई पारदर्शी र भरपर्दो बताउदै सदस्यता कार्डले कार्यकर्तासँग संगठनको सम्बन्ध अझ प्रगाढ बनाउनेछ भने, नयाँ पुस्तालाई समेत आकर्षित गर्नेछ।

कार्यक्रम र निर्वाचनहरूमा सदस्य परिचय सहज हुने छ, जसले पार्टीलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने सचिव राईले बताए ।

राईले यो अभियान अन्तर्गत भोजपुरका ८१ वटै वडाका तीन हजार ५७ जना सदस्यहरूको हातमा पार्टी केन्द्रीय अध्यक्ष कमरेड केपी शर्मा ओलीको हस्ताक्षरसहितको सदस्यता कार्ड पुग्ने बताउदै ।

यसले पार्टीप्रति गर्वको भावना बढाउने र संगठनात्मक काममा नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरे।

सहयोगदाताको तर्फबाट बोल्दै राजकुमार कार्कीले पार्टीको अभियानलाई सफल बनाउने विश्वासका साथ हामीले यो सहयोग गरेको र यसले पार्टीको काम सहज , कार्यकर्ता र जनताबीचको सम्बन्ध पनि अझ बलियो बनाउने विश्वास लिएको बताए ।



No active ad available.


No active ad available.