13th February 2025, Thursday

बझाङ भुकम्प, विधालय र वडाकार्यालयका भवनहरु भत्किए

1 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाण्डौ । बझाङमा केन्दैविन्दु भएर गएको भुकम्पले बझाङका कतिपय विधालयका भवन तथा वडा कार्यालयहहरु ध्वस्त भएकाछन् । वझाङ तलको गाउपालिकाका उपाध्यक्ष पार्वति कुमारी भण्डारीका अनुसार भुकम्पका कारण पहिरो जादा वाटोहरु वन्द भएकाछन् । 

उपाध्यक्ष भण्डारीका अनुसार क्षतिको विरण आइसकेको छैन । अहिले स्थानियहरु सवै घरवाहिर खुल्ला स्थानमा वसिरहेकाछन् । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।



No active ad available.