News by: Khulla Awaj
No active ad available.
संखुवासभा — मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुकको प्रहारबाट एक शिक्षकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
बिहीबार साँझ करिब ७ बजे मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३६ वर्षीय नर कुबिर खम्बु राई विद्यालयबाहिर निस्किएका बेला अचानक बन्दुक पड्किएको आवाज आएको थियो।
आवाज सुनेपछि सोही विद्यालयमा बस्दै आएकी शिक्षिका टिकामाया राई बाहिर निस्किएर हेर्दा राई ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला पारेकी थिइन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरको पछाडिको भागमा भरुवा बन्दुकबाट लागेको चोट फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान गर्ने क्रममा प्रहरीले शुक्रबार बिहान करिब ११ बजे मकालु गाउँपालिका–१ सिउँडीबारी बस्ने ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेका राईमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटनाको कारण तथा बन्दुक कसरी प्रहार भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’